•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  2:40:53 PM

इटहरीका मेयर पाैडेलद्वारा पैनी निरिक्षण : बाढि नियण्त्रणमा चासाे

- जेष्ठ १४, २०७९ मा प्रकाशित


इटहरी । पदभार ग्रहण गरेको ६ दिन पछि इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल शनिबार स्थानिय पैनि निरिक्षणमा निस्किएका छन । उनले इटहरी क्षेत्रमा रहेका करीब ७ वटा साना पैनीहरूको निरिक्षण गर्दै तत्काल सामधान तर्फ सोच्ने बताएका छन । बर्खाको बेला सोहि पैनीहरूमा जम्मा भएको पानी ओभर फ्लो भइ राजमार्ग हुदै मानव वस्ति प्रवेश गर्ने गरेको छ ।

बर्खा याम सुरू हुनै लाग्दा पैनीको सरसफाइ सुरू गरि यो वर्ष बाढिबाट त्यति क्षती हुन नदिन थप कामहरू अघि बढाइने मेयर हेमकर्ण पौडेलले बताए ।

यो वर्ष बर्खाको समय सुरू भइसकेकोले सामान्य पैनीहरू सफा गरी पानीलाइ सजिलै पार गृन दिने सम्मको कामहरू गरिने र खोलाहरू सफाइमा ध्यान दिने मेयर पौडेलले बताए । वर्षेणी खोलाहरूमा आएको भेलले इटहरीको बिभिन्न क्षेत्रहरू जलमग्न हुदै आएको छ ।

Comments

सम्बन्धित खवर