•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  7:57:17 AM

बिरामिको मृत्युपछि इटहरीको एपेक्स अस्पताल क्षेत्र तनावग्रस्त : चिकित्सकलाइ कार्वाहिको माग गर्दै आफन्तद्वारा बिरोध प्रदर्शन

- बैशाख २३, २०७९ मा प्रकाशित


तेज बन
इटहरी । इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन । चिकित्सकको लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै आफन्तहरू अहिले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन ।
मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षिर्य युवक जोनसोन राइलाइ उपचारको निमित्त शुक्रबार साझ अस्पताल भर्ना गरिएको थियो ।

सामान्य अवस्थाको बिरामिलाइ उपचारमा लापर्वाहि गरेकोले मृत्यु भएको आफन्तहरूले आरोप लगाउदै अस्पताल बाहिर नारावाजि गरेका छन । भुडि दुख्यो भनि अस्पताल भर्ना गरिएको जोनसोनलाइ चिकित्सकहरूले सुइ माथि सुइ थपिदिएको र क्षणभरमै शारिरिक अवस्था बदलिएर बिरामिको अवस्था गम्भिर भइ मृत्यु भएको मृतकको काकि आरती लिम्बुले बताइन ।

एक महिना अघि पनि साेहि अस्पतालमा उपचारकाे क्रममा इटहरी २ का ३ वर्षिय बालककाे मृत्यु भएकाे थियाे । बालकलाइ चाहिने भन्दा बढी डाेजका इन्जेक्सन लगाइएपछि मृत्यु भएकाे भन्दै आफन्तहरूले अस्पताल नै ताेडफाेड गरेका थिए । बालकाे मृत्यु भएकाे एक महिना पछि पुनःउपचार गराउन ल्याइएकाे बिरामि युवककाे मृत्यु भएपछि अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा प्रति नै प्रश्न उठन थालेकाे स्थानियहरू बताउछन ।

यता आफन्तहरूले बिरामिको मृत्यु भइसकेको दाबि गरेपनि अस्पताल प्रसाशनले भने अहिले सम्म मृत्यु भएको या नभएको केहि खुलाउन सकेको छैन । अस्पताल परिसरमा जम्मा भएको भिडलाइ नियन्त्रण गर्न तथा थप क्षति हुन नदिन अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Comments

सम्बन्धित खवर