•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:52:23 AM

स्थानिय निर्वाचनमा इटहरी प्रहरीको सुरक्षा योजना : २५ मतदान स्थलमा ११ सय बढि सुरक्षाकर्मी परिचालन गरिने

- बैशाख २२, २०७९ मा प्रकाशित


इटहरी । नजिकिदै गरेको स्थानिय निर्वाचन २०७९ लाइ भयरहित बातावरणमा सम्पन्न गराउन इटहरी प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । इटहरी उपमहानगर क्षेत्रमा रहेमा २५ वटा मतदान स्थल बाहिर र भित्र गरी ११ सय सुरक्षाकर्मिहरू परिचालन गरिने भएको छ ।

मतदान स्थलहरूमा ४ वटा सुरक्षा घेरा रहने गरि योजना बनाइएको जिल्ला प्रसाशनको कार्यालय सुनसरीलाइ उदृध गर्दै इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक ९डिएसपी ० खगेन्द्र खडकाले बताए ।पहिलो घेरामा म्यादि प्रहरी दोश्रोमा नेपाल प्रहरी , तेश्रो सशस्त्र र अन्तिम नेपाली सेना रहनेगरी सुरक्षा योजना बनाइएको डिएसपि खडकाको भनाइ छ ।

इटहरीको निर्वाचन क्षेत्रमा ४ सय बढि म्यादि प्रहरीहरू परिचालन गरिने छ । त्यस्तै  ३ सय देखि ५ शयको हाराहारीमा नेपाल प्रहरी परिचालन गरिने डिएसपि खडकाको भनाइ छ ।एउटा मतदान स्थलमा १० देखि २० जना प्रहरी रहनेगरी सुरक्षा योजना बनाइएको छ । संवेदनशिल मानिएका क्षेत्रमा आवस्यक्ता हेरेर प्रहरी संख्या बढाइने डिएसपि खडकाको भनाइ छ । यता जिल्ला प्रसाशन कार्यालय सुनसरीले पनि अन्य निर्वाचन क्षेत्रको तुलनामा इटहरीलाइ नजिकबाट नियालिरहेको जनाएको छ । प्रदेश एकको प्रमुख गन्तब्य संगै धेरै मानिसहरूको आवतजावत हुने केन्द्र रूपमा रहेकोले पनि इटहरीलाइ संवेदनशिल क्षेत्रको रूपमा राखेर योजना बनाइएको सुनसरी प्रसाशनले जनाएको छ ।

इटहरीमा ११ सय देखि बढिमा १३ सय सम्म सुरक्षाकर्मिहरू परिचालन गरेर भयरहित बातावरणमा स्थानीय निर्वाचन सम्पन्न गराउने उद्येश्य रहेको प्रसाशनको भनाइ छ ।

 इटहरी उपमहानगरमा २५ मतदानस्थल रहेका छन भने १११ मतदान केन्द्र रहेका छन जसमा १७ वटा संवेदनशिल रहेको इटहरी प्रहरीले जनाएको छ । आगामि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचन अन्तरगत इटहरी उपमहानगरमा    एक लाख चार हजार ६२६ मतदाताहरू रहेका छन ।

Comments

सम्बन्धित खवर