•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:02:15 AM

जनताको नेता हेमकर्ण , बिलासिन गाडि छाडेर साइकल चढेर भोट माग्दै

- बैशाख २१, २०७९ मा प्रकाशित


तेज बन

इटहरी । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा बिभिन्न पदमा उम्मेद्वारि दिएका उम्मेद्वारहरूले जनतालाइ आफ्नो पक्षमा बनाउन अनेकौ योजनाहरू अघि सार्दै भोट माग्न ब्यस्त छन । अधिकांस प्रमुख , उपप्रमुख तथा वडाध्यक्षका उम्मेद्वारहरूले बिलासिन गाडि चढेर जनताको घर आगन पुग्दै भोट माग्ने गरेको प्रत्यक्ष देख्न सकिन्छ तर सुनसरीको इटहरीमा भने बुधबार फरक दृस्य देखिएको छ ।

इटहरी उपमहानगरमा गठबन्धनबाट मेयर पदमा उम्मेद्वारी दिएका नेपाली कांग्रेस नगर सभापति हेमकर्ण पौडेल भने बिलासिन गाडि छाडेर साइकल चढेर मतदाताहरूको घर घर पुग्दै मत मागिरहेका छन । इटहरी उपमहानगर १० डुमरटका स्थित आमझोकि चौकमा बुधबार यस्तै फरक दृस्य देखिएको हो ।इटहरीमा अन्य दलकाे प्रचार शैली भन्दा उनकाे शैली धेरै फरक देखिएकाे छ । अगाडी पछाडी लाम लस्कर लिएर निस्किएका अन्य उम्मेद्वारकाे तुलनामा पाैडेलकाे भने त्यस्ताे देखिएन । एउटा साइकल ,त्यसमा पार्टिकाे झण्डा र पछाडी पैदलयात्री मतदाता र केहि कार्यकर्ता मात्र त्यस स्थानमा देखिएका थिए ।

नेपाली कांग्रेस उपमहानगर सभापति समेत रहेका हेमकर्ण पौडेल गठबन्धनबाट मेयरकालागि उम्मेद्वारि दिए लगत्तै उनको चर्चा यतिबेला शिखरमा छ । त्यसै त जनतामाझ लोकप्रिय नेताको उपनाम पाएका नेता पौडेलले बिलासिन गाडि त्यागेर साइकल चढेर मतदाताहरूको घर घर पुग्दै आफुलाइ मेयर पदमा बिजयी गराउन अनुरोध गरिरहेका छन ।उनलाइ गाउ भित्र साइकल चढेर आएको देखेपछि घरभित्र रहेका  मतदाताहरूले समेत   हाइ हाइको नारा लगाउदै बाटोमा जम्मा भएका थिए भने ज्येस्ठ मतदाताहरूले गालामा मोहि खादै अंगालो हालेका थिए । 

अरूले गाडि चढेर भोट माग्छन तपाइ चै किन साइकलमा भन्ने प्रस्नमा उनले सहजै उत्तर दिए ” गाडि चढेर हिडनु भन्दा पनि साइकल चढेर मतदाताहरूसंग प्रत्यक्ष भेट गरि मत माग्नुको आनन्द नै अर्कै छ” । उनले साइकल चढेर गाउ जादा त्यहाको अवस्था र समस्याबारे अझ नजिकबाट नियाल्न सकिने ,मतदाताहरूको समस्या प्रत्यक्ष बुझ्न सकिने र स्वास्थ्यमा पनि फाइदा पुग्ने बताए ।  उनले यसो भनिरहदा वरिपरी भेला भएका मतदाताहरूले तालिले स्वागत गरेका थिए भने हेमकर्ण जिन्दावाद जस्ता नारा लगाएका थिए ।

Comments

सम्बन्धित खवर