बिमस्टेकलाई जीवन्तराख्न नयाँ संकल्प र सामूहिक प्रतिबद्धता आवश्यक छः परराष्ट्रमन्त्री खड्का
- चैत्र १५, २०७८ मा प्रकाशित
काठमाडौं: परराष्ट्रमन्त्री डा नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई जीवन्त राख्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
श्रीलंकाको कोलम्बोमा मंगलबार बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकमा केही ठोस कार्य गर्ने बेला आएको समेत जनाए ।
‘बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरुको आवश्यक छ,’ परराष्ट्रमन्त्री डा खड्काले सम्बोधनका क्रममा भने ।
उनले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्ने जनाउँदै वर्तमान चुनौतिहरु अनुरुप नवीन मार्गहरु निर्माण गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।
परराष्ट्रमन्त्री डा खड्का बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार श्रीलंकाको राजधानी कोलम्बो पुगेका हु्न् । कोलम्बोमा मंगलबार विहान परराष्ट्रमन्त्री डा खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ७, २०८१Игры а Онлайн Казино нежелающим И Без Регистраци
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
Comments