आज विश्व जल दिवस
- चैत्र ८, २०७८ मा प्रकाशित
काठमाडौं: प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो ।
सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा२१’मा समाहित गरिएको थियो । सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलाे पटक विश्व जल दिवस मनाइएको थियो ।
मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ । जलको अभावमा बाँच्न असम्भव छ । जसकारण जल महत्वपूर्ण छ ।
वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भाेग्नु परेकाे छ । अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्काे मारिरहेकाे छ । जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ।
विश्वमा जल प्रदूषणकै कारण विभिन्न रोगले महामारी पनि फैलिएका छन्,जसकारण भावि समयमा जलको मात्रामा कमी भई मानव जातिलाई बाँच्नसमेत कठिन हुनसक्ने सम्भावना देखिन्छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ७, २०८१Игры а Онлайн Казино нежелающим И Без Регистраци
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
Comments