सुन ताेलाको ९७ हजार पुग्याे
- फाल्गुन १०, २०७८ मा प्रकाशित
काठमाडौँ: नेपाली बजारमा सुनकाे भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी ताेलाकाे एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ७, २०८१Игры а Онлайн Казино нежелающим И Без Регистраци
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
Comments