नेपाली प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु
- माघ १९, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।
खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो ।
खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए ।
खेलमा भएको तनावका लागि दुबै पक्षका खेलाडी ५०/५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो ।
‘गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छ’ अल्मुताइरीले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु ।’
खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए । उनले खेलाडीहरु आज नडराई खेलेको बताए । तनावपूर्ण खेलमा नेपालले मसिससविरुद्ध १-० को जित हात पारेको थियो। -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments