टी–२० सिरिज : पिएनजीविरुद्धको फाइनल भिडन्तमा नेपाल ८६ रनले पराजित
- फाल्गुन ३०, २०८० मा प्रकाशित
काठमाडौँ । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी–२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो ।
नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यसैगरी पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३–३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए । यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments