चिसो बढेपछि तराई-मधेशमा धमाधम बन्द हुँदै विद्यालय
- पुष २४, २०८० मा प्रकाशित
इटहरी । चिसो अत्यधिक बढेपछि महोत्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन्। रामगोपालपुर र गौशाला नगरपालिका तथा सोनमा गाउँपालिकाले विद्यालय बन्द गरेका हुन्।रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले सोमबारदेखि विद्यालय बन्द गरेका हुन् भने गौशाला नगरपालिका क्षेत्रका विद्यालय आजदेखि बन्द भएका छन्।
सोनमा गाउँपालिकाले चार दिन, रामगोपालपुर नगरपालिकाले नौ दिन र गौशाला नगरपालिकाले एक साताको लागि जाडो बिदा दिएका छन्।अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकाले विद्यालयमा बिदा दिइएको सोनमा गाउँपालिकाका अध्यक्ष विषेश्वर यादवले बताए।
रामगोपाल नगरपालिकाका प्रमुख रामदुलार साहले चिसोबाट विद्यार्थी प्रभावित हुने भएपछि जाडो छल्न केही दिन विद्यालय बन्द गरिएको बताए। चिसो बढेपछि सर्लाहीका पनि केही स्थानीय तहले विद्यालयमा जाडो बिदा दिएका छन्। सञ्चालनमा रहेका विद्यालयमा पनि चिसोको कारण विद्यार्थीको सङ्ख्या घटेको छ। चिसो बढेपछि वीरगन्ज महानगरपालिकाले पनि एक साताको लागि विद्यालय बन्द गरेको छ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments