इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो
- मंसिर २६, २०८० मा प्रकाशित
एजेन्सी । इजरायल आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
बीबीसीका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन् । गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो सहर खान युनिसमा इजरायली ट्याङ्कले प्रवेश गरेपछि आक्रमण थप तीव्र बनेको छ ।
इजरायली ट्याङ्क विस्तारै खान युनिसको पूर्वी क्षेत्रतर्फ बढिरहेको बताइएको छ। यस क्षेत्रमा ठूला भवन, पसल र घना बस्ती छन्। साथै खान युनिसमा अझैपनि मानिसहरूको बसोबास कायमै रहेको छ । इजरायली सेनाले आइतवार बिहानै पम्प्लेट छर्दै खान युनिसमा बसोबास गरिरहेका नागरिकलाई अल–मवासी नामक क्षेत्रतर्फ जान भनेको छ । तर, अल–मवासी निकै साँघुरो र आधारभूत सेवा नभएको क्षेत्र भएकाले सर्वसाधारण चिन्तामा छन् ।
इजरायली सेनाले खान युनिसलाई लक्षित गरी आक्रमणलाई तीव्र बनाउँदै गर्दा मृत्यु हुने र घाइते हुनेको संख्या थप बढ्ने हुँदा संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ४, २०८१Лучшие Сайты Для Ставок и Спорт, Которым можно Доверять В 2024 Год
-
ताजा जेष्ठ ३, २०८१Рейтинг одним Онлайн-казино 2024 года Апрель Топ 10 Честных И проверенных Казино Из 39
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments