एसीसी इमर्जिङ टिम्स एशिया कप : अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल
- श्रावण ३, २०८० मा प्रकाशित
इटहरी । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आज (बुधबार) यूएईको टिम ‘ए’ सँग खेल्दै छ ।जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो । यसअघि दुई खेल हारेको नेपाल समूह चरणबाट भने बाहिरिएको छ ।बुधबारको खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा शुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।
यूएई पनि भारत ‘ए’ र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो । आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments