मानबहादुर श्रेष्ठ बने पुनः राष्ट्रिय भलिबल टोलीको कप्तान
- श्रावण २, २०८० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानी मानबहादुर श्रेष्ठलाई दिइएको छ । साउन १ गतेबाट लागु हुने गरी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल भलिबल संघले जनाएको छ । यसअघि हरिहजुर थापालाई कप्तानबाट हटाइएको थियो । उनीमाथि अनुशासन कारबाही गरिएको हो । श्रेष्ठ यसअघि पनि नेपाली टोलीको कप्तान थिए ।
सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ७, २०८१Игры а Онлайн Казино нежелающим И Без Регистраци
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
Comments