भारतले २,००० को नोट चलनचल्तीबाट हटाउने, आगामी सेप्टेम्बरसम्म बैंकमा जम्मा गर्न सकिने
- जेष्ठ ६, २०८० मा प्रकाशित
नयाँदिल्ली । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो (शुक्रबार) भारतको रिजर्भ बैंक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख (असोजको १३ गते) सम्म बैंकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।
नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट साट्न सक्ने उल्लेख छ । साथै बैंक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानून लागु हुने बीबीसी हिन्दीले जनाएको छ । आरबीआईले बैंकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।
आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरेको थियो । तर साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८/१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो ।सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र एक हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए । त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट चलन चल्तीमा ल्याएको थियो ।
३० सेप्टेम्बर २०२३ पछि २ हजारको नोट के हुनेछ ?
आरबीआईले ३० सेप्टेम्बर २०२३ सम्म २ हजारका नोटहरू जम्मा वा साट्न सकिने बताएको छ। यद्यपि आरबीआईले यसपछि के हुन्छ भन्ने स्पष्ट पारेको छैन । यस सम्बन्धमा आरबीआईले नयाँ दिशानिर्देश जारी गर्ने सम्भावना छ ।
अहिले बजारमा दुई हजार दरका नोट कति छन् ?
३१ मार्च, २०२३ सम्म बजारमा ३.६२ लाख करोड रुपैयाँ मूल्यको २ हजारका नोटहरू चलनमा थिए । ३१ मार्च २०१८ मा यी नोटको सबैभन्दा बढी सर्कुलेशन ६.७३ लाख करोड रुपैयाँ थियो, जुन कुल नोटको १० प्रतिशत हो ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments