धरान डेंगुकाे उच्च जाेखिममा : सतर्कता अपनाउन उपमहानगरकाे आग्रह
- भाद्र २६, २०७९ मा प्रकाशित
धरान । पछिल्लो समय देशव्यापीरुपमा फैलिरहेको डेङ्गु ज्वरोको सङ्क्रमण धरानमा पनि देखिन थालेको छ । धरानमा पनि डेङ्गु ज्वरोका बिरामी बढ्न थालेको भन्दै धरान उपमहानगरपालिकाले सचेतनाका लागि माइकिङ गर्न सुरु गरेको छ ।धरानमा कति जनालाई सङ्क्रमण भयो भन्ने आधिकारिक डाटा सार्वजनिक भएको छैन ।
तर, डेङ्गुको सङ्क्रमण बढ्न थालेकोले नगरवासीलाई सचेत र सजग हुन आज देखि धरान उपमहानगर क्षेत्रमा माइकिङ गर्न थालिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।
विगतमा पनि धरानमा डेङ्गु महामारी फैलिएको र यस पटक पनि देशव्यापी यो महामारी बढिरहेको अवस्थामा धरान पनि उच्च जोखिममा रहेकोले समयमै नगरवासी सचेत र सजग रहनका लागि अपिल गरिएको हो । डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ ।
डेंगुको जोखिम कम गर्न पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा वा खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर वा छोपेर राख्नुपर्दछ ।यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा, दिउँसो पनि प्रायः पुरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्ने र घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्न धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले नगरवासीमा अपिलसमेत गरेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments