पथरीशनिश्चरेमा शैक्षिक गुणस्तर सुधार हुदै
- जेष्ठ २७, २०७९ मा प्रकाशित
पथरीशनिश्चरे / मोरङ्गको पथरीशनिश्चरे वडा नम्बर ८ भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुसित वडा नं ८ को कार्यालयले शैक्षिक गुणस्तर सुधारका लागि देखिएका समस्याहरूबारे जानकारी लिएको छ ।
केही दिन अघि वडाध्यक्ष नवीन कार्कीको अगुवाइमा वडा भित्रका विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुसंग पहिलो चरणको बैठक बसी सबै विद्यालयमा शैक्षिक पठनपाठनसहित अतिरिक्त कृयाकलापहरु नियमित संचालन गर्न निर्णयहरु गरिएको थियो।
उक्त बैठकले वडाभित्रका विद्यालयहरूमा नियमित पिटि ९ शारीरिक अभ्यास० खेलाउने, राष्ट्रिय गान बजाउने, राष्ट्रिय झण्डा राख्ने, कक्षा (कक्षामा विद्यार्थी लिडर ९मोनिटर०हरु बनाउने भन्ने निर्णय गरेको थियो। सोहि निर्णय भए बमोजिम दुर्गा आधारभुत विद्यालय र बुद्ध माध्यामिक विद्यालयका कक्षा मोनिटरहरुसंग आज विहीवार वडाध्यक्ष नवीन कार्कीले वडा कार्यलयमा बैठक बसेर विद्यार्थीहरुको समस्या बुझ्ने र समाधानका उपायहरु खोज्ने प्रयास गरेको जनाइएको छ। ।
स्मरण रहोस् (आजभोलि वडा भित्रका सबै सामुदायिक विद्यालयमा पिटि खेलाउने र राष्ट्रिय गान बजाउने सुरुवात भएको छ भने राष्ट्रिय झण्डा राख्ने काम सम्पन्न भएको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments