पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने
- बैशाख २८, २०७९ मा प्रकाशित
काठमाडौंः निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो । बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एशोसिएशन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एशोसिएशनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो ।
बोर्डले रुट नं १ मा विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शङ्कर होटल हुँदै विमानस्थलसम्म, रुट नं २ मा विमानस्थलदेखि होटल ¥याडिसन, होटल साङ्ग्रिला, नारायणगोपाल चोक, महाराजगञ्ज चोक, ह्यात होटल, चावहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ । यस्तै रुट नं ३ मा विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेष्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्राण्ड होटल हुँदै विमानस्थलसम्म रहेको छ । सटल बस सेवा गरेवापत पर्यटकले सम्बन्धित बसधनीलाई रु ३०० बुझाउनुपर्ने बोर्डले जनाएको छ । -रासस
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments