एजेन्सी । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्।उनीहरूका अनुसार इजरायल-अमेरिकाको आक्रमणमा खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्। यद्यपि इरानी सरकारले आधिकारिक रूपमा यसको पुष्टि गरिसकेको छैन।
सीएनएनसँग कुरा गर्दै इजरायली अधिकारीहरूले आफूहरूसँग भग्नावशेषबाट बरामद गरिएको खामेनीको शवकै तस्बिर रहेको दाबी गरेका छन्।इजरायल र अमेरिकाले शनिबार गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको घर पूर्ण रूपमा ध्वस्त भएको छ।


























Discussion about this post