एजेन्सी । फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पपछि सुनामी आउनसक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । सुनामी भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रदेखि फिलिपिन्सका केही तटहरूमा समेत आउन सक्ने बताइएको छ ।
अधिकारीहरूले तटबर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालहरू स्थानीय समयअनुसार बिहान ११ः४३ अघि नै आइपुग्न सक्ने र ती ‘घण्टौँसम्म रहन सक्ने’ बताएका छन्।फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले प्रभावित प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल उच्च स्थानमा वा भित्री भागतिर जान आग्रह गरेको छ।
संस्थाले डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गाहरू सुरक्षित गर्न र पानीको किनारबाट टाढा सार्न पनि सल्लाह दिएको छ। संस्थाले यो अवधिको समयमा समुद्रमा रहेका डुङ्गाहरूलाई अर्को सूचना नआएसम्म गहिरो पानीमा नै रहन भनिएको छ।फिलिपिन्स टाइफून (सामुद्रिक आँधी) को जोखिममा पनि छ ।

























Discussion about this post