इटहरी डेस्क । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवा सिंगापुर पुगेका छन् ।देउवा दम्पती मंगलबार बिहान सिंगापुरको विमानस्थलबाट ह्विलचेयरमा बाहिरिएको तस्बिर सार्वजनिक भएको छ ।जेनजी आन्दोलन क्रममा गत भदौ २४ गते काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका देउवा दम्पती उपचारका लागि भन्दै सोमबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।
सांघातिक आक्रमणबाट कांग्रेस सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने त्यतिबेला परराष्ट्रमन्त्री रहेकी आरजु पनि घाइते भएकी थिइन्।त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए।
त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। अहिले थप उपचारका लागि देउवा दम्पती सिंगापुर पुगेको बताइएको छ।



























Discussion about this post