एजेन्सी । लेभान्तेलाई सहजै हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ। आइतबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३–० गोलअन्तरले हराएको हो।जितसँगै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो।
बार्सिलोना शीर्ष स्थानमा उक्लेसँगै ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ।२५ खेलबाट २० खेलमा जित, एक खेलमा बराबरी र ४ खेलमा हार भोग्दै ६१ अंकमा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट १९ खेलमा जित, समान ३ खेलमा हार र बराबरीको नतिजा ल्याएको रियल ६० अंकमा दोस्रो स्थानमा छ।
शनिबार राति ओसासुनासँग २–१ ले भोगेको हार उपाधि होडका लागि रियललागि निकै महँगो पर्ने देखिएको छ।पहिलो हाफको चौथो मिनेटमा मार्क बेर्नालको गोलमा बार्साले सुरुवाती अग्रता बनाएको थियो। ३२औँ मिनेटमा फ्रेंकी डि जोङको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो।
खेलको ८१औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै घरेलु मैदानमा बार्सिलोनालाई सहज जित दिलाएका हुन्। गएराति नै भएको अर्को खेलमा सेल्टाभिगोले मार्लोकालाई तथा भिल्लारियलले भ्यालेन्सियालाई समान २–० गोलअन्तरले हराएको छ। यस्तै अर्को खेलमा सेभिल्लाले गेटाफेलाई १–० ले पराजित गरेको छ।




























Discussion about this post