इटहरी । प्रधानमन्त्री सुशीला कार्की आज (बिहीबार) बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की आज बिहान काठमाडौँबाट हेलिकप्टरमा सोलुखुम्बुको नाम्चे पुगेकी छन्।
‘प्रधानमन्त्रीज्यूले नाम्चेका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ’, प्रेस सल्लाहकार रावलले नेपालखबरसँग भने, ‘भ्रमण आज र भोलिसम्म जारी रहनेछ।’उनका अनुसार यसपालि प्रधानमन्त्री कार्कीले सल्लेरी र नाम्चे भ्रमण गर्नेछिन्। आउने फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।


























Discussion about this post