सुर्खेत । वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। प्रहरीका अनुसार सामूहिक बलात्कार भएको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
गुर्भाकोट–६ बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। फागुन २३ गते उनी वीरेन्द्रनगर–४ स्थित सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पीडित परिवार र स्थानीयले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। साथै, घटनाबारे थप प्रमाण जुटाउन डिजिटल फरेन्सिक, पोलिग्राफ तथा अन्य प्राविधिक परीक्षण जारी रहेको प्रहरीले जनाएको छ।



























Discussion about this post