इटहरी । आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई पक्राउ गरेको हो।
उनले ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २५ लाख असुलेको आरोप छ। रकम लिएपछि उनी सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले राईलाई ललितपुर महानगरपालिका-१३ बाट पक्राउ गरेको हो। राईमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


























Discussion about this post