इटहरी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ। सोमबार बिहान ६ बजेसम्म समानुपातिकतर्फ ७६ लाख ४४ हजार ४८४ मत गणना सकिएको छ। प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जित निकालेको रास्वपाले अहिलेसम्म समानुपातिकतर्फ ३६ लाख ९७ हजार ७४२ मत प्राप्त गरेको छ।
त्यसैगरि प्रत्यक्षमा १७ सिटमा जित निकालिसकेको नेपाली कांग्रेसले अहिलेसम्म १२ लाख ४८ हजार ६३९ मत पाएको छ। प्रत्यक्षमा अहिलेसम्म ८ सिट जितेको एमालेले समानुपातिक तर्फ १० लाख ५८ हजार २९१ मत प्राप्त गरेको छ। ०७९ को निर्वाचनमा एमालेले समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्दा रास्वपा चौथो भएको थियो।अहिलेसम्म नेकपाले समानुपातिकतर्फ ५ लाख ४३ हजार ९५१ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरि राजावादी दलको रुपमा चिनिएको राप्रपाले अहिलेसम्म २ लाख ६० हजार ५३४ मत ल्याउँदा हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ४९ हजार २११ मत पाएको छ। मधेसवादी दल जसपाले अहिलेसम्म १ लाख ११ हजार ५७४ मत पाउँदा राष्ट्रिय परीवर्तन पार्टीले १ लाख ३ हजार ५६७ मत ल्याएको छ। त्यसैगरि जनमत पार्टीले ४७ हजार ३७९, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ६७५, नेमकिपाले ३८ हजार ३३१, राष्ट्रिय जनमोर्चाले २५ हजार ९८१ र राष्ट्र निर्माण दलले २४ हजार ९४९ मत पाएको छ।

























Discussion about this post