रामेछाप । भौगोलिक रूपमा विकट र साँघुरा सडकका कारण पहाडी जिल्लाहरूमा निर्वाचनका बेला ढुवानी र सुरक्षा चुनौती सधैँ उच्च रहने गरेको छ। विशेष गरी मतदानको समय नजिकिँदै गर्दा हतारमा सामग्री पुर्याउनुपर्ने दबाबले सवारी दुर्घटनाको जोखिम बढाउँछ।यसअघिका निर्वाचनहरूमा पनि रामेछापका विभिन्न खण्डमा सवारी दुर्घटनाका कारण निर्वाचन प्रक्रिया प्रभावित भएका उदाहरण छन्।
यसैबीच, मन्थलीबाट निर्वाचन सामग्री र कर्मचारी लिएर रामेछाप–२ र ३ का बुथतर्फ जाँदै गरेको गाडी देउराली सिरुबारीको भिर नजिकै दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा ७ देखि ८ जना घाइते भएका छन्, जसलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजातहरू रहेका थिए।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाले घटनाको पुष्टि गर्दै भने— ‘जिल्लाबाट मसहितको टोली जाँदैछौं। हामीलाई दुर्घटनास्थल पुग्न एक/डेढ घण्टा लाग्छ। अहिले त्यहाँ स्थानीय प्रहरीले उद्धार गरिरहेको छ। थप विवरण आउन बाँकी छ।’दुर्घटनामा परेका मतपेटिकाहरू सुरक्षित रहे/नरहेको बारे सूचना आउन बाँकी छ। घटनास्थल मन्थलीबाट टाढा र दुर्गम भएकाले थप विवरण संकलनमा कठिनाइ भइरहेको हो।



























Discussion about this post