इटहरी । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका ६ घर भएका वर्ष ५१ को देवबहादुर तामाङ रहेका जिल्ला पहरी परिसर काठमाडौँले जनाएको छ।
बुधबार नागार्जुन नगरपालिका ७ रत्नराज्य स्कुल नजिकै पछाडिको जङ्गलमा डलर साटी दिन्छु भनि पटक पटक फोन गरी बोलाई रहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
तामाङको चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकाप स्थित डेरा कोठामा खानतलासी गर्दा अमेरिकी डलर ५० को थान–५, अमेरिकी डलर १ को थान–७०७, डलरकै साइजमा काटिएको कागजको बिटा थान–६ गरेको छ।उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।




























Discussion about this post