[t4b-ticker]
Wednesday, February 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा

    चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
✅ समाचार
काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नं ९ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा परेको छ। पुरानो नेवार बस्ती, मध्यमवर्गीय मतदाता, विस्तारिँदो सहरी बसोबास र वैकल्पिक राजनीतिक धारप्रतिको आकर्षणका कारण यो क्षेत्र परम्परागत रूपमा प्रतिस्पर्धी मानिन्छ।

यस क्षेत्रमा ३४ मतदानस्थल र ९० मतदान केन्द्र छन्। कूल ७८ हजार ४९५ मतदाता रहेकामा ३८ हजार २१७ पुरुष र ४० हजार २७८ महिला छन्। १८ दल र छ स्वतन्त्र गरी २४ उम्मेदवार मैदानमा छन्, जसमध्ये २० पुरुष र चार महिला हुन्। उम्मेदवारमध्ये ४१.६७ प्रतिशत खस आर्य, ५४.१७ प्रतिशत आदिवासी जनजाति र ४.१७ प्रतिशत दलित समुदायका छन्।

याे पनिपढ्नुहाेस्

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

काठमाडौँ महानगरपालिका वडा नं १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिका १, १२, १३, १४, १५ तथा नागार्जुन नगरपालिका ६, ७, ८, ९, १० यो क्षेत्रमा पर्छन्।

प्रायः सबै उम्मेदवारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह र व्यवस्थित विकासलाई प्राथमिक एजेन्डा बनाएका छन्। ट्राफिक व्यवस्थापन, ढल तथा फोहर सुधार, हरित क्षेत्र संरक्षण, पर्यटन प्रवर्द्धन, युवालाई रोजगारी, प्राविधिक शिक्षा र सहज स्वास्थ्य सेवामा समान प्रतिबद्धता देखिन्छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण पनि साझा विषय बनेको छ।

कांग्रेसकी बास्तोलाको योजना

नेपाली कांग्रेसकी उम्मेदवार नानुमैया बास्तोलाले पार्टीको विशेष महाधिवेशनपछि उत्साह थपिएको बताउँदै भनिन्, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्वको उत्साह छ । युवा पुस्ता र महिलाको प्रतिनिधित्व बढेको छ । म यही क्षेत्रकी स्थायी बासिन्दा हुँ, यहाँका जनभावना बुझेको छु, जनताका आवाज सुनेको छु, अब तिनलाई कानुनमार्फत सम्बोधन गर्ने समय आएको छ’।

कलङ्की–थानकोट नाका रहेको क्षेत्र भएकाले ट्राफिक व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको उनले बताइन्। ‘कलङ्की–थानकोट नाका देशकै प्रमुख प्रवेशद्वार हो । ट्राफिक व्यवस्थापन, भूमिगत तार विस्तार, व्यवस्थित सडक, ढल र फोहर व्यवस्थापन नगरी यहाँको विकास सम्भव छैन । कानुन बनाउन नै संसद् जाने हो, विकास र समृद्धिका लागि स्पष्ट ब्लु–प्रिन्ट लिएर म चुनावमा उत्रिएकी छु’, उनले भनिन्।

चन्द्रागिरि–१ लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, नेवा समुदायका धार्मिक संरचना जोगाउने र ‘हेरिटेज वाक’ सञ्चालन गर्ने योजना पनि उनले सार्वजनिक गरेकी छन्।

रास्वपाका अर्यालको जोड : समावेशी विकास

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) समावेशी र सुशासित क्षेत्र बनाउने प्रतिबद्धतासहित चुनावी अभियानमा छन्। महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक समुदायका लागि सेवा सुधारलाई उनले प्राथमिकतामा राखेका छन्।

उनका एजेन्डामा पुरानो नैकाप खेलमैदान स्तरोन्नति, नयाँ खेल संरचना, स्टार्टअप प्रवर्द्धन, व्यावसायिक तालिम केन्द्र स्थापना, पर्यटन क्षेत्र संरक्षण तथा टुरिस्ट सटल बस सञ्चालन समावेश छन्। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रत्येक वडामा खबरदारी टोली गठन र मासिक सार्वजनिक सुनुवाइमार्फत गुनासो समाधान गर्ने योजना उनले अघि सारेका छन्।

एमालेका शाक्यको प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार डा अजयक्रान्ति शाक्यले उम्मेदवारीलाई दीर्घ राजनीतिक अनुभव र प्राज्ञिक योगदानसँग जोड्दै प्रस्तुत गरेका छन्। ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’को भावनाबाट प्रेरित भई जनसेवामा केन्द्रित रहने उनले बताए।

‘म जे गर्न सक्छु, त्यही मात्र बोल्छु । जनप्रतिनिधि रहँदा वा नरहँदा पनि समाजसेवा र अध्ययन–अनुसन्धानमै समर्पित रहँदै आएको छु’, उनले भने। सांस्कृतिक सम्पदा संरक्षण, प्रविधिमैत्री सुशासन र योजनाबद्ध सहरीकरण उनका मुख्य प्राथमिकता हुन्।

अन्य दल र स्वतन्त्र उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टीका राधाकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्की, राष्ट्रिय जनमोर्चाका रोशन दानी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का एन्जिसराज प्रसाई, नेपाल मजदुर किसान पार्टीका शान्त महर्जन, मङ्गोल नेशनल अर्गनाइजेसनका धर्मराज गुरुङ, मितेरी पार्टी नेपालका मदन पोखरेल, जनता समाजवादी पार्टी नेपालका रणवीर क्षेत्री सिंहलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसैगरी आमजनता पार्टीका ईरस श्रेष्ठ, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रोक्का, जय मातृभूमि पार्टीका अनुपमुनि बज्राचार्य, श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ, नेकपा (माओवादी) का माइला लामा, उज्यालो नेपाल पार्टीका रामेश्वर श्रेष्ठ र राष्ट्रिय मुक्ति पार्टी नेपालका मदन डङ्गोल चुनावी मैदानमा छन्। स्वतन्त्रतर्फ पञ्चकुमारी मानन्धर सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा छन् भने अन्य स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।

अघिल्लो नतिजा

अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मतसहित विजयी भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९५६ मतसहित दोस्रो स्थानमा थिए। अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि उल्लेख्य मत प्राप्त गरेका थिए।यसपटक काठमाडौँ–९ मा पुराना दलप्रतिको असन्तोष, नयाँ दलप्रतिको अपेक्षा र स्वतन्त्र उम्मेदवारको उपस्थितिले प्रतिस्पर्धा थप रोचक बनेको छ। अन्तिम परिणामले स्थानीय मात्र नभई राष्ट्रिय राजनीतिलाई समेत सन्देश दिने आकलन गरिएको छ।

सम्बन्धित-समाचार

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
0

इटहरी । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले...

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
समाचार

निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
0

इटहरी । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ। आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्बद्धन एकाइले...

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Discussion about this post

ताजा समाचार

काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा
समाचार

काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा

✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नं ९ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा परेको छ। पुरानो नेवार...

अरु पढ्नुहाेस्...
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

फाल्गुन १३, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

फाल्गुन १३, २०८२ मा प्रकाशित
एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

फाल्गुन १२, २०८२ मा प्रकाशित
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    95 shares
    Share 38 Tweet 24
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    90 shares
    Share 36 Tweet 23
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष