इटहरी । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।
निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको भन्दै प्रसाईंलाई माघ ४ गते पक्राउ गरिएको थियो। त्यसका विरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो। मंगलबार उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिएको हो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए। यसअघि पनि उनी विभिन्न कसूरमा पटकपटक पक्राउ परेका थिए। केही दिनअघि वीरगञ्ज जान लागेका बेला दक्षिणकालीबाट पक्राउ परेका थिए। दुई दिन हिरासतमा बसेपछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए।



























Discussion about this post