अमेरिका ।अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा नेपाली छत्रबहादुर थापाले आफ्ना तीन परिवार सदस्यलाई छुरा प्रहार गरी हत्या गरेका छन्।
मृत्यु हुनेमा थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार, अन्दाजी ५० वर्षीय थापाले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए। उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।
उनलाई पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको छ । नजिकैको भवनमा रहेका अर्का एक व्यक्तिले पनि घरेलु विवादको होहल्ला सुनेर ९११ मा फोन गरेका थिए।


























Discussion about this post