इटहरी । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन् । बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रसाईँले विगतमा आफूले भनेको कुरा मिलेको र आगामी फागुन २१ गतेअघि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने बताएका हुन् ।
प्रसाईँले पहिलो भिडियोमार्फत अमेरिकाको एनईडी नामक संस्थाका तर्फबाट नेपालमा भएको लगानीको भण्डाफोर गरेको भन्दै सो कुरा सत्य प्रमाणित भएको दाबी गरे । त्यस्तै, उनले दोस्रो भिडियोमार्फत बालेन्द्र शाह निश्चल खरेलबाट सञ्चालित रहेको भनेर दाबी गरेको भन्दै यसबारे कसैले खण्डन नगरेको जनाएका छन् ।
साथै, सुमना श्रेष्ठ अमेरिकी डिफेन्स र बीसीजी ग्रुपसँग जोडिएकी छिन् भनेको भन्दै यसबारे पनि कसैले खण्डन नगरेको दाबी गरेका छन् ।त्यस्तै, दोस्रो भिडियोमा डिजिटल बीआरआई हुवावेको बिलिङ ठेक्का तोडिन्छ भनेर दाबी गरेअनुसार नै तोडिएको पनि प्रसाईँले भिडियोमा भनेका छन् ।
साथै, कांग्रेसमा जबर्जस्ती महाधिवेशन हुने भने अनुसार नै गगन थापाको नेतृत्वमा सो काम भएको उनको दाबी छ । प्रसाईँले कुलमान घिसिङ, जगदिश खरेल र बब्लु गुप्तालाई देखाउँदै सुशीला कार्की नेतृत्वको सरकारका सबै मन्त्री परिचालित हुन् भनेर दाबी गरेकोमा पुष्टि भएको बताएका छन् ।
नेपालमा तिब्बतीहरूको क्याम्प बन्छ भनेर दाबी गरेकोमा पछिल्लो समयमा त्यस्तै गतिविधि देखिएको भन्दै चीनले चेतावनी दिन लागेको र भारत ससंकित भएको दाबी प्रसाईँको भिडियोमा गरिएको छ । साथै, सो सन्दर्भ राख्दै नेपाल आगामी दिनबारे चिन्ता व्यक्त गरिएको छ ।
बालेन र रवि लामिछाने अल्गोरिदमबाट स्थापित गरिएका पात्र भएको र गगन थापा नेपालको कन्ट्याक्ट पोइन्ट भएको दाबी गर्दै भिडियोमा पछिल्लो समयमा एमसीसीसँग जोडिएका स्वर्णिम वाग्ले र यसको आधार तयार गर्ने डा बाबुराम भट्टराई सँगै देखिएको भनिएको छ ।
प्रसाईँले अहिलेको अवस्थामा चुनाव भयो भने कस्तो नतिजा आउला भन्ने कुरामा पनि आफू चिन्तित रहेको बताए । त्यस्तै, भिडियोमा अन्य धेरै दाबी गर्दै आगामी फागुन २१ गते अगाडि बालेन्द्र शाह र सोबिता गौतमको विषयमा नयाँ खुलासा गर्ने र पश्चिमा डिजाइनलाई चुनौती दिने बताइएको छ ।साथै, भिडियोमार्फत नेपालमा संवैधानिक राजसंस्था आवश्यकता भएको पनि प्रसाईँको भनाइ छ ।



























Discussion about this post