बाजुरा । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार र ठेक्कापट्टाको विषयलाई लिएर गरिएका अमर्यादित टिप्पणीमाथि निगरानी बढाएको छ। बाजुरामा सडक निर्माणको ठेक्कालाई जोडेर मुख्यमन्त्रीलाई धम्की दिएको भन्दै बाजुराका रास्वपाका उम्मेदवार हेमराज थापालाई आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगका अनुसार बाजुरामा ‘पिएस बानियाँ जेभी’ ले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माणको विषयलाई लिएर थापाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। उक्त सडकका लागि एक अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपियाँ बजेट पनि विनियोजन गरिएको थियो। सो रकममध्ये ८८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो।
मुख्यमन्त्री कार्यालयमै पुगेर धम्की दिएको र सामाजिक सञ्जालमा समेत अपशब्द प्रयोग गरेको उजुरी परेपछि आयोगले थापासँग २४ घण्टाभित्र जवाफ माग गरेको हो। आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार थापालाई निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ र २५ बमोजिम कारबाही किन नगर्ने भनी प्रश्न गरिएको छ। ‘तपाईंले मुख्यमन्त्रीका सम्बन्धमा अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको हो वा होइनर’ उजुरीमा उल्लेख भए जस्तो आर्थिक स्रोत सङ्कलन गर्दा आचारसंहिता पालना भएको छ कि छैन?’ भन्दै आयोगले थापालाई पत्र काटेको छ।




























Discussion about this post