इटहरी । दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सर्वोच्च अदालतले अघि बढ्ने बाटो खोलिएको छ ।थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले दर्ता गराएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई निरन्तरता दिने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब थापालाई कांग्रेस सभापतिका रुपमा आफ्ना कार्यलाई निरन्तरता दिने वैधानिक बाटो पनि खुलेको छ।
पोखरेलको इजलासमा नवौँ नम्बरको पालोमा रहेको उक्त रिटमा मंगलबार दिनभर भएको सुनुवाइपछि यो आदेश आएको हो।आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरूले आइतबार रिट हालेका थिए ।
रिटको सुनुवाइका लागि मंगलबार पोखरेलको इजालसमा पेशी चढेको थियो। तर यो रिट सुनुवाइका लागि अन्तिम नम्बरमा पालो परेको थियो । अन्तिममा पालो परे पनि न्यायाधीश पोखरेलले उक्त रिटमाथि अहिले सुनुवाइ गरेर हाल प्रतिनिधिसभाको टिकट बाँडिरहेका गगनलाई राहत दिएका हुन् । सोमाबर सार्वजनिक बिदा भएकाले सर्वोच्चले उक्त रिटलाई सुनुवाइका लागि मंगबार पेशीमा चढाउने निर्णय भएको थियो।

























Discussion about this post