इटहरी । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले काठमाडौँमा रणनीतिक भेला सुरु गरेको छ ।गगन थापा समूहले कांग्रेसको आधिकारिकता पाएपछि कोइराला पक्षले आगामी कदम तय गर्न आफ्ना नेताहरूको भेला बोलाएका हुन् । भेलाले अबको रणनीति तय गर्ने बताइएको छ ।
अचानक कांग्रेसमा देखिएको संकटपछि बत्तिसपुतलीमा यो भेला बसिरहेको छ । विशेष महाधिवेशनमार्फत गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व लिएका छन् ।
समूहले निवर्तमान सभापति देउवालाई साथ नदिने नीति तय गरेको छ । आधिकारिकता पाएको थापा पक्षसँग मिलेर फागुन २१ गतेको निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्दै उनीहरू सम्भावित रणनीतिमा जुटेका एक नेताले बताए ।

























Discussion about this post