•  ३ आश्विन २०८१, बिहीबार
  •  7:52:49 AM

नेकपा एसको रणनीतिः एमसीसी सकेसम्म टेवल गर्न नदिने, टेवल गरे विपक्षमा मतदान गर्ने

- फाल्गुन ४, २०७८ मा प्रकाशित



काठमाडौं: नेकपा एस (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । 

सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ । 

सरकारले एमसीसी टेवल गरे विक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । 

‘सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिदैनौं । यदि टेवल भए विपक्षमा मत हाल्छौं । राष्ट्रभन्दा ठूलो सत्ता र गठबन्धन होइन,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भने । 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पनि एमसीसी टेवल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ । 

सत्तारुढ दलहरुमध्ये एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र देखिएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर