•  ३ आश्विन २०८१, बिहीबार
  •  9:47:31 PM

इटहरीमा सुरु भयो विद्युतिय नगर बस ! आज र भोलि निशुल्क

- आश्विन २, २०८१ मा प्रकाशित



 इटहरी । इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आज देखि ४ वटा विद्युतिय नगर बस सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निशुल्क सन्चालन गरेको हो । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आज नगर बसमा चडेर बिभिन्न वडाहरुको अवलोकन गरे ।

पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिए। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधरण उत्साहित भएको बताए । ग्रामिण भेगमा बस्ने जनतालाई शहर सँग जोड्ने उदेश्यले बस सन्चालनमा ल्याएको वताए । तिस बर्ष देखिको इटहरीको सपना आफुले पुरा गरेको मेयर पौडेलको भनाई थियो | नगर बसलाई ठाँउ ठाँउमा सर्वसाधरणहरुले फुल माला लिएर स्वागत गरेका थिए।

बस नेपालकै अत्याधुनिक र सुबिधा सम्पन्न भएको र स्थानीय तहहरु मध्ये यो बस खरिद गर्ने इटहरी उपमहानगर पहिलो हो । ।अपाङ्ग मैत्री बस भएको भन्दै शारारिक अपाङ्गता भएकाहरु समेत उत्साहित भएका छन । नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको र बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

यस्तो छ इटहरीको रुट !

धरान-विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवश पोखरेलले जनाए ।

Comments

सम्बन्धित खवर