•  ३ आश्विन २०८१, बिहीबार
  •  9:37:53 PM

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

- आश्विन २, २०८१ मा प्रकाशित



इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत लिने भएका छन् ।  असोज २ बुधबार अपराह्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिन लागेका हुन् । माओवादीले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । केन्द्रमा एमाले– कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो ।

अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ । ९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरी ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

Comments

सम्बन्धित खवर