•  ३ आश्विन २०८१, बिहीबार
  •  7:38:01 AM

तत्काल एमसीसी अनुमाेदन प्रस्ताव अघि नबढाउने कार्यव्यवस्था समितिको निर्णय

- फाल्गुन ४, २०७८ मा प्रकाशित



काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । 

एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो ।

तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । 

कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने निर्णय गरेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर