•  ३ आश्विन २०८१, बिहीबार
  •  7:38:38 AM

हिसिला यमीको प्रयास : समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउँदै

- फाल्गुन ३, २०७८ मा प्रकाशित



काठमाडौं: जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेकी छिन् ।

उनको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेको बेला यमीले भने ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा जुटेकी हुन् ।

त्यसका लागि गृहकार्य गरीरहेकी नेतृ यमीले भने यसवारे कुनै प्रतिक्रिया दिन मानिन् ।

‘पत्रकारहरूले पनि के के थाहा पाउँछन, पाउँछन ? म यसबारे केही बोल्दिनँ,’ यमीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् । न्युज कारखानाको प्रश्नमा हो वा होइन कुनै प्रतिक्रिया नदिएकी नेतृ यमी जसपा नेपालकी कार्यकारिणी सदस्य छिन, जो अध्यक्ष यादवको विरुद्धमा पार्टी भित्र संघर्ष गरिरहेकी छिन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर