सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चढेको गाडी भारतमा दुर्घटना
- पुष ७, २०८१ मा प्रकाशित
इटहरी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम चढेका गाडी भारतमा दुर्घटनामा परेको छ । बम चढेको प्रदेश ३–०१–०२४ च नम्बरको कार भारतीय नम्बर प्लेटको कारसँग ठोक्किएको थियो ।
भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बमसहित उनकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कारमा बमसहित तीन जना सवार थिए । प्रहरीका अनुसार राज्यमन्त्री बमको मुख र नाकमा चोट छ ।
श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ । तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचार गरेर फर्किने क्रममा दुर्घटना भएको बुझिएको छ । तीनै जनाको अवस्था सामान्य रहेको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ७, २०८१प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन
-
ताजा पुष ७, २०८१जग्गा व्यवसायीलाई फसाएर रकम बार्गेनिङ गर्ने फरार इन्स्पेक्टर विनु शाही प्रहरीकाे आँखा छल्दै अदालत पुगिन
-
ताजा पुष ७, २०८१रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, सांसद पद पनि धरापमा
-
ताजा पुष ७, २०८१सम्पत्ति जफतको माग गर्दै रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा
-
ताजा पुष ७, २०८१मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी
Comments