एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
- पुष ६, २०८१ मा प्रकाशित
इटहरी डेस्क । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरू हुनेछ ।
प्रतियोगिताको दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो ।
यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ । नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । दोस्रो हुनेको भागमा जानेछ ५१ लाख रुपैयाँ ।
सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये सुदूरपश्चिम सबैभन्दा उत्कृष्ट लयमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ छन् भने विदेशी खेलाडीमा ब्रान्डन मक्मलेन (स्कटल्यान्) , सेफ अलि जेब (इंग्ल्यान्ड) , स्कट कुग्लेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) छन् ।
आसिफ शेखको नेतृत्वमा रहेको जनकपुर बोल्ट्समा अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव यसैगरी अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव यसैगरी जिम्मी निसम (न्युजिल्याण्ड), जोसुआ ट्रोम्प (अमेरिका), मोहमद मोहसिन (पाकिस्तान), लहिरु मिलान्था (अमेरिका), सोहेब मक्सुद (पाकिस्तान) छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् ।
के भन्छन् कप्तानहरू ?
फाइनलअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा सानो अन्तरक्रिया कार्यक्रम राखिएको थियो जहाँ दुई कप्तानहरू दिपेन्द्रसिंह ऐरी र आसिफ शेख सँगै उपस्थित थिए । दुवै टिमका कप्तानले आफूहरू शनिबारको फाइनल खेलका लागि तयार रहेको प्रतिक्रिया दिए ।
- दीपेन्द्रसिंह ऐरी
सुदूरपश्चिम रोयल्स
हामीले यसअघिका खेलमा राम्रो प्रदर्शन गरेका थियौँ । जनकपुरलाई दुईपटक हराइसकेका छौँ । यद्यपि, फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई एक कठिन प्रतिद्वन्द्वीका रूपमा लिएको छ । जनकपुर बलियो र राम्रो छ । हामीले फाइनलका लागि दुई घण्टा अभ्यास गर्यौँ । सबै खेलाडी उपाधि भिडन्तमा तयार छन् । हामी अहिलेसम्म योजनाअनुसार बढिरहेका छौँ । फाइनललाई सहज रूपमा लिएर खेल्छौँ । सुदूरपश्चिमलाई धेरै समर्थन छ । हामीले फाइनलमा यस्तै धेरै समर्थकको आशा गरेका छौँ । उपाधि भिडन्त हामीले एउटा खेलका रूपमा लिएका छौँ । जित र हार आफ्नो ठाउँमा छ । एक टोलीले फाइनल जित्दा अर्को पराजित हुने स्वाभाविक हो । हामी सुदूरपश्चिम उपाधि लिएर घर फर्कन शतप्रतिशत दिनेछौँ । यही नै हाम्रो अबको अन्तिम लक्ष्य हो ।
- आसिफ शेख
जनकपुर बोल्ट्स
त्रिवि मैदानमा हामीले फरक–फरक पिचमा प्रतिस्पर्धा गरेका छौँ । कतिपय खेलमा हाइस्कोरिङ र लोस्कोरिङ भए । फाइनलको परिस्थिति फरक छ । यसलाई अवसर र सदुपयोगका रूपमा लिन्छौँ । फाइनलअगाडि सबै खेलाडी राम्रो लयमा छन् । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसलाई राम्रोसँग सक्न चाहन्छौँ । सुदूरपश्चिमसँग लिग चरण र क्वालिफायरमा व्यहोरेको हारको बदला लिने उद्देश्यले प्रतिस्पर्धा हुनेछैन । हामी हाम्रोतर्फबाट नर्मल र राम्रो क्रिकेट खेल्ने प्रयास गर्छौँ । जनकपुरसँग जेजति क्षमता छ, त्यो फाइनलमा दिन्छौँ । अहिले नै नतिजाबारे सोच छैन । सुदूरपश्चिमविरुद्धको दुवै खेलमा हाम्रो ब्याटिङ राम्रो भएन । फाइनलमा हामी राम्रो ब्याटिङ गर्नेछौँ । हाम्रो लक्ष्य नै अन्तिम चार ओभरलाई सुधार गर्ने हो । सुदूरपश्चिम बलियो टोली हो । फाइनलमा बलियो माइन्डसेट र परिस्थितिअनुसार चल्न सक्नुपर्छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१इटहरीमा नेपाल जेशीजकाे ५१औं महाधिवेशन : देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली
-
ताजा पुष ६, २०८१राप्रपाले पुष १३ गते इटहरीमा विराेध सभा गर्ने , प्रदेश खारेज मुख्य एजेन्डा
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
Comments