ललितपुरबाट एक हजारका ११५ थान नक्कली नोटसहित युवक पक्राउ
- भाद्र ३१, २०८१ मा प्रकाशित
काठमाडौं । नक्कली नोटसहित ललितपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ती युवक ललितपुरको ललितपुर महानगरपालिका–८ सौगलमा कोठा लिएका थिए ।
आइतबार सोही कोठाबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नोट बरामद गरेको एसपी सुवेदीले जानकारी दिए । त्यहाँबाट फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरेको छ । पक्राउ परेका रोक्कालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments