•  ३ आश्विन २०८१, बिहीबार
  •  6:36:56 AM

एकीकृत समाजवादीका पदाधिकारी: कुन पदमा को विजयी? (मत परिणामसहित)

- भाद्र १२, २०८१ मा प्रकाशित



इटहरी । नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी छान्न गरेको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला बिजयी भएका छन्।

एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्।उपमहासचिवमा मेटमणी चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।

त्यसगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन्।वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्र प्रसाद पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए।एको असार तेस्रो साता भएको महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको एकीकृत समाजवादीले निर्वाचनबाट बाँकी पदाधिकारी चयन गरेको हो।

बाँकी पदाधिकारीमा सहमति हुन नसकेपछि एकीकृत समाजवादीले मंगलबार निर्वाचन गरेको थियो। एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ सदस्यीय र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ।

कसले कति मल ल्याए?

Comments

सम्बन्धित खवर