•  ३ आश्विन २०८१, बिहीबार
  •  7:30:52 AM

पूर्वमन्त्री रायको हत्यामा घरेलु कामदारकै संलग्नता पुष्टि, पोलियोग्राफ टेस्टको तयारी

- श्रावण १३, २०८१ मा प्रकाशित



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा गत साउन ६ गते राति भएको पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवक रामउजैन राय यादवको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरका स्थायी बासिन्दा  हुन् । घटनाको रात २१ वर्षीय रामउजैन रायसँगै घरमा थिए । प्रहरीको नियन्त्रणमा आएपछि रामउजैनले हत्या गरेको स्वीकार गरेका छन् । उनीमाथिको अनुसन्धानमा जुटेका एक अधिकृतले भने, ‘अहिलेसम्मको प्रमाण र रामउजैनको स्वीकारोक्ति अनुसार उनैले हत्या गरेको देखिन्छ । यद्यपि, उनले पछिल्लो बयानमा गाउँकै अर्को व्यक्तिले हत्या गर्न भनेको दाबी पनि गरेका छन् ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार रामउजैनले रायको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटनामा प्रयोग भएको उखु काट्ने फर्सा घरबाट ५० मिटर परको झाडीमा भेटिएको थियो । हत्या पछि रामउजैनले लगाएका गन्जी घर नजिकै फालेका थिए । अनुसन्धान अधिकृतले भने, ‘रामउजैनले धेरै बेर खुटा थिच्न भन्थे र काम गर्दा इरिटेट गर्ने, गाली गर्ने गरेको बताए । विवाद बढेपछि फुर्सा प्रहार गरी हत्या गरेको बताएका छन् ।’

रामउजैन पहिले भट्टीबाट इँटा ओसार्ने काम गर्थे र तीन महिना अघिमात्रै काठमाडौंमा रायको घरमा काम गर्न गएका थिए । तर, त्यहाँ उनले असन्तोषजनक रूपमा व्यवहार गरेका कारण गाउँमा फिर्ता पठाइएको थियो । एसपी रवीन्द्रबहादुर सिंहका अनुसार हत्याको रात रामउजैनले रायको जग्गा विवाद मिलाउन तीन जना अपरिचित व्यक्तिहरू आएको देखेको बताएका थिए ।

राति १२ बजेतिर पिसाब फेर्न तल झरेको बेला राय सुत्ने कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेको दाबी गरेका थिए । तर, प्रहरीको विभिन्न कोणबाट गरेको अनुसन्धानपछि रामउजैनको भूमिका शंकास्पद देखिएको छ । यस विषयमा फरेन्सिक रिर्पोट र पोलियोग्राफ टेस्टको प्रतिक्षा भइरहेको छ । प्रहरीको भनाइमा घटनामा अरूको पनि संलग्नता हुन सक्ने आशंका रहेको छ ।

Comments

सम्बन्धित खवर