•  ३ आश्विन २०८१, बिहीबार
  •  7:42:52 AM

रोसी किनारमा नग्न अवस्थामा महिलाको शव फेला

- श्रावण १३, २०८१ मा प्रकाशित



काभ्रे । काभ्रेको रोसी नदीमा नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ। शनिबार साँझ तेमाल गाउँपालिका- ८ पानथलीस्थित रोसी नदी किनारमा शरीरमा कपडा नभएको अवस्थमा महिलाको शव फेला परेको हो।

उक्त शव रोसी गाउँपालिका- ९ चिउरीवास निवासी छत्रबहादुर लामाकी पत्नी ४० वर्षीया आरती लामाको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। छत्रबहादुरले घटनास्थलमा पुगेर शवको सनाखत गरेका हुन्।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित खवर