•  ३ आश्विन २०८१, बिहीबार
  •  7:36:28 AM

आज राति यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने अनुमान, दिउँसो ५ प्रदेशमा पानी पर्ने

- श्रावण १३, २०८१ मा प्रकाशित



हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा राति भारीदेखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

Comments

सम्बन्धित खवर