•  २१ कार्तिक २०८१, बुधबार
  •  7:40:02 AM

दुई कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

- श्रावण २६, २०८० मा प्रकाशित



संखुवासभा । संखुवासभा कारागारमा दुई कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० प्रहरी पक्राउ परेका छन् ।

कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्रै कुटपिटबाट मृत्यु भएको थियो ।

सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘सीसीटीभीमा उनीहरू संलग्न देखिएपछि नियन्त्रणमा लिएका हौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी (संखुवासभा) पुगेको छ । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।

Comments

सम्बन्धित खवर