•  ६ मंसिर २०८१, बिहीबार
  •  3:04:50 PM

भारतमा ४० यात्रु बोकेको बस खाल्डोमा खस्दा २० जनाको मृत्यु

- कार्तिक १९, २०८१ मा प्रकाशित



एजेन्सी । भारतको उत्तराखण्डस्थित अल्मोडामा करिब ४० यात्रु बोकेको बस गहिरो खाडलमा खसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्ट नजिक भएको  दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो । बसमा ४०  बढी यात्रु सवार थिए । साल्ट कुप नजिकै चालकले बसको नियन्त्रण गुमाए । केहीबेरमै बस गहिरो खाल्डोमा खस्यो । बस खसेलगत्तै यात्रुबीच चिच्याहट मच्चिएको थियो ।

Comments

सम्बन्धित खवर