बझाङमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु, घाइते तीन जनाको उपचार हुँदै
- कार्तिक १९, २०८१ मा प्रकाशित
बझाङ । बझाङमा अरिंगालको टोकाइबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । थलारा गाउँपालिका–२ डोरगाउँकी डम्मरा खातीका तीन वर्षीय छोरा सुरवीर खाती र पाँच वर्षीया छोरी सिया खातीको अरिंगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटना गएको शनिबार (गोरुतिहार) कै दिनको भएको बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले जानकारी दिए । ‘शनिबार दिउँसो घर नजिकै बारीमा डम्मरा र उनकी सासु घाँस काट्न जाँदा बालबालिका पनि सँगै गएका रहेछन्,’ डीएसपी भण्डारीले भने, ‘बिच्किएको अरिंगालको टोकाइबाट दुई बालबालिकाको तत्कालै मृत्यु भएको खबर आएको छ । सोही घटनामा अरिंगालको टोकाइबाट डम्मरा, उनकी सासु र डम्मराकी सात वर्षीया छोरी सुमी पनि घाइते भएका छन् ।’
उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको भण्डारीले बताएका छन् । यसअघि बझाङकै गुन्देल र तलकोटमा पनि अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु भएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर २०, २०८१Lawsuit Filed Over Measure Given The Green Light By Arkansas Arrêters That Revoked Planned Casino’s Licens
-
ताजा मंसिर २०, २०८१7 Most Successful Different Roulette Games Strategies A Complete Guid
-
ताजा मंसिर २०, २०८१Gambling Inside Singapore Wikipedi
-
ताजा मंसिर २०, २०८१No Down Payment Bonus Casino Usa 2024 Keep Just What You Win
-
ताजा मंसिर १९, २०८१Vulkan Vegas Promo Code Dezember 2024: Bis über 1000 Bonus
Comments