पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना, १२ जना घाइते
- श्रावण २४, २०८० मा प्रकाशित
काठमाडाैं । पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ। दुर्घटनामा चालकसहित १२ घाइते भएका छन्।
तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा तीन महिला र नौ पुरुष छन्।
छ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौं पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।
उहाँका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए। बच्चाको अवस्था भने सामान्य रहेको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २०, २०८१The Secret Sauce: Best Roulette Method To Wi
-
ताजा कार्तिक २०, २०८१“A Few Ways To Play Crap
-
ताजा कार्तिक २०, २०८१10 Of The Particular World’s Largest Casinos: The Largest Casinos Ever
-
ताजा कार्तिक २०, २०८१How To Begin An On-line Casino In Several Steps 202
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
Comments